FAQs Complain Problems

समाचार

फोटो ग्यालरी

धार्मिक ऐतिहासिक महत्व बोकेको तीनखोले देविको मन्दिर शुक्लागण्डकी नगरपालिका भित्र रहेको एक महत्वपूर्ण धार्मिक स्थलसँगै पर्यटकीय गन्तब्य समेत हो ।

भक्तिभाव सहित तीनखोले पुग्ने हिन्दु धर्मावलम्वीहरु सहित प्राकृतिक वातावरण मन पराउनेहरु जो कोही पनि यो स्थानमा पुग्ने गरेको पाइन्छ । खैरेनीटारबाट सवारीसाधनमा सहज रुपमा पुग्ने सकिने यो गन्तब्य झण्डै ७.५ किलोमिटरको दुरीमा छ । तीनवटाका खोलाको सँगम स्थलमा बनेको मन्दिर हिन्दुहरुको आस्थाको केन्द्र पनि हो । सुन्दर, शान्त, शितल, हरियाली र विभिन्न चराचुरुङ्गीहरुको चिरविर आवाजले मनोरञ्जन प्रदान गर्ने यो स्थानमा खोला र झरनाको समेत दृश्यावलक गर्न सकिन्छ ।

यस मन्दिरमा नवदुर्गामा विशेष पुजा हुने गर्दछ । धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा स्थिपित यस मन्दिरमा तनहुँ जिल्ला लगायत पाल्पा, कास्की, लम्जुङ, स्याङ्जा, नवलपरासी लगायतका विभिन्न क्षेत्रबाट भक्तजनहरु दर्शन गर्नका लागि आउने गर्दछन् । उनका अनुसार नबोल्नेलाई बोल्ने बनाउने, मनोकांक्षा पुरा गर्ने देविको रुपमा तीनखोलेदेवी प्रसिद्ध रहेको छ ।

सवारी साधन र पैदल दुवै माध्यमबाट सहजै पुग्न सकिने तीनखोले देविको मन्दिर क्षेत्र ध्यान, योग र साधाना गर्नका लागि समेत उपयुक्त रहेको छ ।

रहस्यमयी रुपमा पानीको लहरी छुट्ने कारण नेपालमै चर्चित रहेको धार्मिक क्षेत्र हो, ढोरबाराही मन्दिर । हिन्दु धर्मवलम्वीहरुको आस्थाको केन्द्रको रुपमा रहेको यस मन्दिरमा दैवि शक्ति रहेको आम सर्वसाधारणहरुको गहिरो विस्वास रहेको पाइन्छ ।

भौगोलिक रुपमा अत्यन्त सुन्दर र शान्त स्थानमा रहेको यो मन्दिरमा दैनिक हजारौँ धार्मिक पर्यटकहरु पुग्दछन् । नेपालको मात्र एकमात्र लहरी छुट्ने मन्दिरको रुपमा ढोरबाराही देविको मन्दिर रहेको यहाँका स्थानीयहरुको दावि छ ।

विज्ञानले समेत पुष्टि गर्न नसकेको रहस्यमयी लहरी छुट्ने कारण यहाँका प्रमुख विशेषता हो । यहाँ पुजा आराधना गर्द विशेष गरि उमेर पुगेर समेत नबोल्ने बच्चाहरुको बोलि फुट्ने र अन्य मनोकाँक्षाहरु पुरा हुने विस्वास सहित हिन्दु धर्म मान्नेहरु भक्तजनको रुपमा पुग्ने गरेको पाइन्छ । यस्तै प्राकृतिक वातावरणमा रमाउने र ध्यान, योग, साधना गर्ने एवं अध्ययन अनुसन्धान गर्ने ब्यक्ति एवं समुहरु पनि यहाँ पुुुग्ने गरेका छन् ।

शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडा बजारबाट जम्मा ९ किलोमिटर दुरीमा रहेको ढोरबाराही मन्दिर सवारी साधनमा २० मिनेटमा सहजै पुग्न सकिन्छ भने यो धार्मिक गन्तब्य स्थलमा पैदल यात्रा गरेर समेत करिव १ घण्टामा पुग्न सकिन्छ ।


नक्साः ढोरवाराही मन्दिर

शुक्लागण्डकी नगरपालिका आ.व. २०८१/०८२ को प्रथम र दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम ।

, , , , , , , , , , , , , , , , ,

महिला हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत आयोजित लैङ्गिक हिंसा विरूद्ध प्रशिक्षण कार्यक्रम एवम् नगर स्तरीय महिला संजाल गठन

, , , , , ,

Pages