FAQs Complain Problems

समाचार

शुक्लागण्डकी नगरपालिकाको संक्षिप्त परिचय

पवित्र शुक्लागण्डकीको दुबै तर्फ माछापुछ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम,थप्रेक, रईपुर, लामागाउँ जस्ता उच्च क्षेत्रको संरक्षणमा पृथ्वी राजमार्गमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार साविकका दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी गा.वि.स.लाई समेटेर र मिति २०७१ जेठ ७ गते देखि कार्यालय स्थापना भइ संचालनमा आएकोमा मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार थप तीन गाबिस थप्रेक, राइपुर र फिरफिरे समेत गरि मिति २०७३ फाल्गुन ३० गते बाट बृहत शुक्लाुगण्डकी नगरपालिकाको रुपमा संचालनमा आएको हो।

देशको राजधानी काठमाडौंदेखि १७० कि.मी. पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ कि.मी. दक्षिणमा यस नगरपालिका रहेको छ । पौराणिक भाषामा सेतीगण्डकीलाई शुक्लागण्डकी भनिएको जसको अर्थ सफा, चम्किलो र उदयमान भन्ने हुन्छ । यस नगरपालिकाको मध्य भागबाट सेती गण्डकी बगेको हुनाले नगरपालिकाको नामाकरण शुक्लागण्डकी राखिएको हो ।

भौगोलिक अवस्थितिः
१) समुद्र सतहदेखि उचाईः  ४३० मी. माग्दे खोला देखि १३०५ मी. दगाम कोटडाडा

२) क्षेत्रफल:   १६५ वर्ग कि.मी.

३) सिमाना:   पूर्व: म्याग्दे गाउपालिका र ब्यास नगरपालिका, पश्चिम: स्यांग्जा जिल्ला,

उत्तर: कास्की र स्यांग्जा जिल्ला, दक्षिण: भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका