FAQs Complain Problems

समाचार

आ.ब. २०७१/७२ बार्षिक प्रगति समिक्षा बैठक सम्पन्न

शुक्लागण्डकी नगरपालिका को आ.ब. २०७१/७२ को कार्यक्रमको प्रगति  समीक्षा बैठक श्रावण २९ गते शुक्रबार होटल रिमाल दुलेगौंडामा सम्पन्न भएकाे छ ।  राजनैतीक दल का प्रतिनिधि, एकिकृत योजना तर्जुमा समितिका सदस्य, वडा नागरिक मंचका संयोजक, नागरिक सचेतना केन्द्रका प्रतिनिधि, योजनाका उपभोक्ता समितिका अध्यक्ष, नागरिक समाज, संचारकर्मी लगायतकाे उपस्थितिमा सम्पन्न कार्यक्रममा नगरपालिकाको हरेक शाखाका प्रमुखहरुले बार्षिक प्रगति पेस गर्नु भएको थियो | उपस्थित सहभागीहरुले राखेको जिज्ञासा माथि नगरपालिकाका प्रमुख एबम कार्यकारी अधिकृत हरिराम नागिलाले स्पष्ट पर्दै नगरबासीहरुको सुझाब लाई मनन गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले सेवा प्रदान गरिदै लैजाने बताउनुभयो | 

Image: